एनआरएनको प्रमुख संरक्षकमा हिराचन

1

२८ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघले संस्थाका निर्वतमान अध्यक्ष देवमान हिराचनलाई प्रमुख संरक्षक बनाएको छ । सहमतिका लागि अध्यक्ष पदको दावी छाडेका हिराचनलाई एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद्को सनिवार काठमाण्डौंमा वसेको पहिलो वैठकले प्रमुख संरक्षकमा नियुक्त गरेको हो ।

यसअघि सो पदमा संस्थापक अध्यक्ष उपेन्द्र महतो थिए । वैठकसम्बद्ध स्रोतका अनुसार एनआरएनका अन्य तीन संरक्षकमा भीम उदास, रापप्रताप थापा र अष्ट्रेलियाकी इन्द्रा वनलाई नियुक्त गरेको छ । उदास र थापा यसअघि पनि सोही पदमा थिए भने उपाध्यक्षबाट उम्मेदवारी फिर्ता लिएकी बनलाई पहिलोपटक संरक्षक बनाइएको हो ।

यसैगरि गैरआवासीय नेपाली संघले नेपालमा आफ्नै भवन निर्माण गर्ने भएको छ । एनआरएन हाउस नाम दिइएको उक्त भवन निर्माण कार्य तत्कालै सुरु हुने बताइएको छ । तर, त्यसका लागि संस्था दर्ताको प्रकृया भने पुरा गर्नुपर्ने छ । यद्यपी यी निर्णयबारे आधिकारिक जानकारी भने गराइएको छैन् । शुक्रबारमात्र नयाँ कार्यसमिति चयन गरेको गैरआवासीय नेपाली संघको सम्मानमा विभिन्न पार्टीले आयोजना गरेका चियापानमा सहभागी हुन एनआरएन प्रतिनिधिहरु दिनभर ब्यस्त रहे ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: