हात् मिलयर क्रितिमान् कयम्

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन प्रयासरत दुई शरणार्थीले ५१ घण्टासम्म हात मिलाउने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन् ।
भूटानी शरणार्थी शिविर बेलडाँगी २ सेक्टर ए/१ छाप्रा नं. ६२ का डिकमान गुरुङ्ग र बेलडाँगी ३ सेक्टर इ/३ छाप्रा नं. २२ का निलहरी उप्रेतीले मंगलबारदेखि विहीबारसम्म लगातार निर्धारित लक्ष्य भन्दा १ घण्टा बढी ५१ घण्टा हात मिलाएका हुन् ।
 उनीहरुले हात मिलाएको निरीक्षण गर्न सशस्त्र प्रहरी निरीक्षक विजय हमाल, कुमारी गुरुङ्ग, शिविर सचिव डिवी सुव्वा, रोहित महत, विरेन क्षेत्री, तारा चुडाल लगायत दर्जन बढी निरीक्षक खटाइएको आयोजक समितिका मिडिया संयोजक रामचन्द्र बाँस्कोटाले जानकारी दिए । शिविर सचिव डिवी सुव्वाको प्रमुख आतिथ्य तथा भानु कडरियाको सभापतित्वमा विहीबार भएको कार्यक्रममा भूटानी अगुवा, सशस्त्र प्रहरी, स्थानीय समूदाय, संचारकर्मी लगायतले शुभकामना तथा बधाई ज्ञापन गरेका छन् ।
 विश्व रेकर्डका लागि आगामी काठमाण्डौमा हुने कार्यक्रममा ७२ घण्टा हात मिलाउनका लागि यो अभ्यास र सहयोग जुटाउन कार्यक्रम गरिएको आयोजक समितिले जानकारी दिएको छ ।