Literature

← Older posts
Posted on February 28, 2011 by Brain Times

निर्वासन

भोकोपेट अघाउने नियतले पुर्खा बसाईं गए
फाटेका परिधानमा शिशिरको ढुङ्गो चिसोझैं रहे ।
बाजेले जिजुले अमोल पसिना पोखी कमाइ गरे
नेपाली गुण भित्र बाहिरभने भुटान जप्तै मरे ।।

पर्देशी हुनु बाध्यता समयको यौटै चुनौती थियो
भाषा त्यग्न थिएन चाख मनमा नेपाल प्यारो थियो ।
आफ्नो बिर्सन शोख हुन्न तर ती अर्कै बिराना भए
भोटेका हुलमा पसेर नजिती हरेर लुक्तै रहे ।।

नेपालीत्व बचाउने ब्रत बसे नेपाल सम्झिकन
यो नेपाल यहाँ छ बान्धव गए छोडेर आफ्नो वन ।
पुर्ख्यौली घर छोडिजान मनले उत्साह कस्तो लिए
नेपाली घर छेउमा पर हुँदै शाखा विराना भए ।।

बोकी भार बगाइ नील पसिन माटो भिजाइ कन
आधा पेट अघाइ पौरख गरी राजा रिझाइकन ।
खोलाका तिरमा कराल भिरमा अवास प्यारो भयो
फोरी पत्थर बालुवा गिटी कुटी सिङ्गो जवानी गयो ।।

नेपाली घर त्यागियो जब यिनी मुङ्लान बासी भए
बन्धु बान्धव हुन् तापनी परका नेपाल बिर्सिरहे ।
बिर्सी जन्मथलो जहाँ यिनी गए त्यो देश आफ्नो भने
अस्थायी जिविका हुँदै घर भुली भुटान आफ्नो भने ।।

आफ्नो उन्नती चुल्लिदो समयमा स्वाधिन बन्नै थियो
साँची सम्पत्ति फर्किने मन हुँदा नेपाल आफ्नै थियो ।
ल्याइ सञ्चित गर्दथे धनमुठो भन्डार आफ्नै थियो
थिम्पुको क्रयमूल्य दैनिक यतै नेपालमा भित्रियो ।।

माग्दै स्वाधिनत र नागरिकता लड्दै गए जोसित
भुटानी अपहेलना र दमले बन्थे यिनै शोषित ।
मोर्चाको द्रिढता टुट्यो दमनले आजित बन्दै गए
यो बेला खतरा अझै बढीरह्यो भागे, लुके, खेदिए ।।

दुष्टैदुष्ट समाज हो यदि भने आफन्त त्यो हुन्छ र ?
नारी आबरु लुट्छ जो घरघरै त्यो दुष्ट चाहिन्छ र !
आगोलाई डढाउने नरपशु; के फेरि चाहिन्छ र ?
छोरी आर्तपुकार आसुँ चुहुँदा भोटे कहाँ रुन्छ र ?

आमा रोइरहिन बलात्‍कृत उतै छोरी बुहारी लुटे
बस्ती गाउँ जलाई रात नपरी बाली ढिकुती भुटे ।
लुक्ता जङ्गल बीच शत्रु गणले भाटा फुटाइ कुटे
यौटा दुष्परिणाम आर्जन सबै भोटेहरुले लुटे ।।

जोङ्खा भेषभुषा र सस्क्रिती रुखो बोके-रजाइ भलो
जेथो आर्जन लूट आर्त ग्रिहिणी चित्कार सुन्दा भलो ।
झ्वाँकी, मूर्ख महान त्यो मुलूकको दुर्गन्ध सिनो भलो
नेपाली जन-अस्मिता यश लुटी लाप्चा बनेको भलो ।।
१०
गाईगोठ जलाउथे क्रिषकका लुट्थे भकारी धन
आफ्नै पौरख लान्छ आइ घरमा थाम्थे कठै त्यो मन,
छोडि केवल व्रिद्ध बालकहरु भाग्दै पसे जङ्गल
पत्नी लुट्छ उही पचारी घरमा यस्तै थियो मङ्गल
११
औशी पस्तछ साँझमा क्षितिजको पर्दा गिराइकन
भाले बास्तछ अन्धकार युगको पालो पुर्‍याइकन ।
दु:खी हाँस्तछ पौरखी सुदिनका नङ्ग्रा खियाइकन
लेप्चा हाँस्तछ यातना दिइ सधैं सोझा रुवाइकन
१२
बैरी सामु लडेर युद्ध द्रिढता सामार्थ्य लेख्नै थियो
भावी सन्ततीको भविष्यपथको भुटान देख्नै थियो ।
युद्धै युद्ध जितेर स्वर्ण-गरिमा यो नाक राख्नै थियो
फर्क्यो पीठ उतै कठै! शरणमा मुङ्लानले के दियो ।।
१३
गोर्खाली द्रिढता र युद्ध विजयी सन्तान कीर्ति;कला
तामेली द्रिढता थिएन यिनमा भागेर बित्थे पला ।
किल्लानै नहुँदा अपाङ्गसरिका आवासमा आत्तिए
बन्थे चाकर यी र नागरिकता खोसी यता खेदिए ।।

( छन्द: शार्दूल विक्रिडित)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: